सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर–३ स्थित डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयको संयोजनमा बुधबारदेखी सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो भने हालसम्म पनि जारी रहेको छ। भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स, हाईजम्प, लङजम्प लगाएतको खेलमा प्रतिस्पर्धा गराईएको छ | मङ्सिर ३० गते शनिवार सम्म जारि रहने प्रतियोगितामा १३ सरकारी र १ निजी गरी १४ माध्यमिक विद्यालय सहभागी रहेका छन् । हालसम्मको खेलमा सिद्धलेक १ बैरेनीको मिन्दुका माविले ६ स्वर्ण,१ रजत र ३ कास्य पदक सहित उत्कृस्ट प्रदर्शन गरिरहेको छ |
प्रतियोगिताको हालसम्मको नतिजा यस प्रकार रहेको छ।
मिन्दुका माविले ६ स्वर्ण,१ रजत र ३ कास्य पदक
महाकाली माविले ४ स्वर्ण,२ रजत र २ कास्य पदक
नलाङ पात्ले माविले ३ स्वर्ण,३ रजत र ४ कास्य पदक
सिद्धेश्वर माविले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक
सत्यवती माविले २ स्वर्ण, ६ रजत र २ कास्य पदक
सुन्दरी माविले २ स्वर्ण,२ रजत र १ कास्य पदक
नलाङ माविले २ रजत
कालिदेवी माविले १ रजत
जलेश्वरी माविले १ रजत र २ कास्य पदक
बाघबच्छला माविले ३ कास्य पदक
नलाङ मोडेल एकेडेमीले १ कास्य पदक
अकलादेवी मावि
पञ्चमुखी मावि
अमर आदर्श मावि