"Let's your Futures Bright"

मिन्दुका माध्यमिक विद्यालय बाल क्लबको आयोजनामा वक्तृत्वकला कार्यक्रम सम्पन्न

“हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए ,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।
सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली ।।
आज २०८०/१०/१६ गते सहिद दिवसकाे उपलक्ष्यमा मिन्दुका माध्यमिक विद्यालय बाल क्लबको आयोजनामा सम्पन्न वक्तृत्वकला कार्यक्रममा “राज्य व्यवस्था  परिवर्तनमा सहिदहरुकाे याेगदान ” शिर्षकमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।उक्त प्रतियाेगितामा सहभागी विद्यार्थीहरूले सहिद काे याेगदान भुमिका काे  बिषयमा आफ्नो धारण राख्दै  सहिदहरू प्रती श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो उक्त कार्यक्रममा बिद्यालय प्र•अ•जनार्दन नेपाल तथा बाल क्लबका अध्यक्ष सफल न्याैपाने लगायत सहभागी विद्यार्थीहरूले आफ्नो धारण व्यक्त गर्दै सहिदको भुमिकाकाे प्रसम्सा गर्नु भएको थियाे ।उक्त कार्यक्रमा बिद्यालय प्र•अ• जनार्दन नेपालले सहभागी विद्यार्थीहरूलाई थप हाैसला प्रदान गर्दै उत्कृष्ट लाई पुरस्कार वितरण र सहभागी लाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समाप्त भएको थियाे |

 

Latest News

अभिभावक भेला तथा बाल क्लब , रेडक्रस र विभिन्न सदनकाे वैठक सम्पन्न
हार्दिक बधाई
भैरवी सहकारीकाे आयाेजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।
Congrats
कक्षा १२ काे वार्षिक परीक्षाका परिक्षाकेन्द्रहरुकाे विवरण 
शैक्षिक सत्र २०८० काे कक्षा ईसीडि देखि कक्षा ७ सम्म र कक्षा ९ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएकाे छ।