धादिङ। सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिन्दुका माध्यमिक विद्यालयले जितेको छ।
सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर–३ स्थित डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयको संयोजनमा बिद्यालय प्राङगणमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण सहित सिद्धलेक–१ नलाङ बैरेनीको मिन्दुका माविले उपाधि जितेको हो ।मिन्दुकाले ७ स्वर्ण,२ रजत र ३ कास्य पदक जितेको छ।
प्रतियोगितामा सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै दोस्रो भएको छ ।त्यस्तै ५ स्वर्ण सहित नलाङ पात्ले मावि तेस्रो भएको छ । नलाङ पात्लेले ५ स्वर्ण,५ रजत र ५ कास्य पदक जितेको छ ।
चौथो भएको महाकाली माविले ४ स्वर्ण,४ रजत र २ कास्य पदक, पाँचौमा सिद्धेश्वर माविले ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक, छैठौंमा सुन्दरी माविले २ स्वर्ण,२ रजत र १ कास्य पदक, सातौमा जलेश्वरी माविले १ स्वर्ण,१ रजत र २ कास्य पदक र आठौंमा बाघबच्छला माविले १ स्वर्ण,१ रजत र ४ कास्य पदक जितेको छ ।
यसैगरी नलाङ माविले २ रजत, कालिदेवी माविले १ रजत १ कास्य, नलाङ मोडेल एकेडेमीले १ रजत र १ कास्य पदक, अकलादेवी मावि १ कास्य र अमर आदर्श मावि १ कास्य जितेको छ।यस प्रतियोगितामा पञ्चमुखी माविले भने कुनै पदक जित्न सकेन।
प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई बागमती प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियोे।प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार,२५ हजार र २० हजार प्रदान गरिएको छ। १ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स,हाईजम्प, लङजम्प लगाएतका खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको समापन समारोहमा प्रदेश सभा सदस्य श्रेष्ठको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष सबिता अर्याल,सिद्धलेक वडा नम्बर ३ का वडाध्यक्ष देव बहादुर पुलामी, कार्यपालिका सदस्य, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।बुधबारबाट सुरुभएको उक्त प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो ।
प्रतियोगिताको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको थियो।
१३ सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगिताको हालसम्मको नतिजा यस प्रकार रहेको छ ।
मिन्दुका मावि ७ स्वर्ण,२ रजत र ३ कास्य पदक
सत्यवती मावि ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक
नलाङ पात्ले मावि ५ स्वर्ण,५ रजत र ५ कास्य पदक
महाकाली मावि ४ स्वर्ण,४ रजत र २ कास्य पदक
सिद्धेश्वर मावि ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक
सुन्दरी मावि २ स्वर्ण,२ रजत र १ कास्य पदक
जलेश्वरी मावि १ स्वर्ण,१ रजत र २ कास्य पदक
बाघबच्छला मावि १ स्वर्ण,१ रजत र ४ कास्य पदक
नलाङ मावि २ रजत
कालिदेवी मावि १ रजत १ कास्य
नलाङ मोडेल एकेडेमी १ रजत र १ कास्य पदक
अकलादेवी मावि १ कास्य
अमर आदर्श मावि १ कास्य
र पञ्चमुखी मावि ०
समाचार स्रोत : बागमती कलम