शुक्रवारीय कार्यक्रम अन्तर्गत मिति २०८२/०३/१३ गते यस विद्यालयमा कक्षा ६ देखि ९ सम्म पढ्ने विद्यार्थीहरुकाे अभिभावक भेलामा अभिभावक ,शिक्षक र विद्यार्थी बिच छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।प्रधानाध्यापककाे अध्यक्षतामा सम्मन्न उक्त भेलामा बालबालिकाकाे पढाइ लेखाइ र अभिभावक प्रति विद्यालय चासाे जस्ता कुराहरुलाई जाेड दिईएकाे थियाे ।
साे कार्यक्रम पश्चात् विद्यालयमा गठित बालक्लब ,युवा रेडक्रस सर्कल र विभिन्न सदनका नेता/ उपनेताकाे बैठक पनि चलेकाे थियाे । वैठकले विभिन्न अाचारसंहिताहरु बनाउदै अागामी दिनमा विभिन्न अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सक्रिय रुपमा अायाेजना गर्ने पनि निर्णय गरेकाे छ।






